दुबर्इमा तपाइलार्इ कुनै समस्या पर्याे ? तुरून्त याे नम्बरमा फाेन गर्नुहाेस्


 


युएई, कात्तिक २३

युएईमा रहेको नेपाली दूतावासले टेलिफोनबाट नेपाली कामदारको समस्याको सुनुवाई गर्ने भएको छ । दूतावासका काम प्रभावकारी नभएको गुनासो आएपछि दूतावासले सोमबार सूचना जारी गर्दै टेलिफोनबाटै समस्या सुन्ने र समाधानका लागि पहल गर्ने जनाएको हो ।

आबुधाबीमा रहेको दुतावासले कार्यालयको टेलिफोन नम्बर ०२६३४४७६७ मा फोन गरेर सहयोग लिन सकिने छ । दूतावासले स्थानीय अरबी, अंग्रेजी तथा नेपाली भाषामा बिभागीय सेवा प्रदान गर्न लागेको कार्यबाहक राजदुत नेत्रबहादुर टन्डनले जानकारी दिए।

दुतावासको नम्बरमा फोन गरेर एक्स्टेन्सन नम्बर १०५ र १०७ मा कुरा गर्न सकिनेछ । कम्पनीबाट तोकेको सेवा सुबिधा नपाए, घरेलु कामदारको रुपमा कार्यरतहरुले तोकिएको सेवा सुबिधा नपाए, भिजिट भिसामा आएर दुःख पाएका वा कसैबाट ठगीएका बिषयमा दुतावासको यी नम्बरमा संपर्क गर्न सकिने छ ।

त्यस्तै सूचना अधिकारिलाई ११०, दुतावासको कन्सुलर सेवाका राहदानी, ट्रान्सक्रिप्ट, भिसा तथा एनओसीका लागि १०६ भिजिट भिसा सम्बन्धी कामकाजका लागि १०८ मा फोन गरेर जानकारी पाउन सकिने छ ।

युएईमा ज्यान गुमाएकाको क्षतीपूर्ति, र मृतकको शव लैजान प्रदान गरिने सिफारिस तथा कामदारका समस्या सम्बन्धमा ११२ मा संपर्क गर्न सकिने दूतावासले जनाएको छ । सुरक्षा जमानत (धरौटी) रकम बारे १०४, नियोग प्रमुख तथा भिसा सम्बन्धी जानकारी, मृतकको शब नेपाल लैजाने सम्बन्धमा १०१, रिसेप्सनीस्टमा १०९ र अरबी भाषामा बोलचाल गरेर आबश्यक जानकारी लिनु परे १०१, १०९ र ११२ मा फोन गर्न सकिनेछ ।

त्यसरी आउने गुनासालाई दुतावासले सक्दो छिट्टो समाधान गर्नतर्फ लाग्ने जनाएको छ । दुतावास आइतबार देखी बिहीवार सम्म बिहान ९ बजे देखी साँझ ५ बजे सम्म खुला रहनेछ ।

प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्