लालू यादवको अर्को घोटालाको फाइल खुल्यो, ४ करोडको जग्गा हडपे !


 


एजेन्सी । भारतको बिहारमा कुनै समय एकछत्र राज गरेका लालू यादव पछिल्लो समय विभिन्न घोटालामा मुछिँदै आएका छन् ।

विभिन्न आरोपमा दोषी ठहर भई जेल सजाय समेत भोगेका लालू यादव मुछिएको अर्को घोटाला ‘रोजगारीको सट्टामा जमिन’ घोटालाको फाइल खुलेको छ ।

भारतीय अनुसन्धान एजेन्सी सीबीआईले बुधवार बिहार, दिल्ली र हरियाणाका २५ ठाउँमा छापा मारेर प्रमाण संकलन गरेको छ ।

यादव रेलमन्त्री हुँदा पटनाका १२ जनालाई रोजगारी दिए र उनीहरूबाट आफ्नो परिवारका नाममा जग्गा दर्ता गराएको आरोप छ । लालू यादवपत्नी रावडी देवी, छोरी मीसा भारती र हेमा यादवको नाममा जग्गा दर्ता गरिएको र जमिनको न्युन रकम तिरिएको सीबीआईको आरोप छ ।

रेल्वेमा नियुक्त गरिएका कर्मचारीका लागि न विज्ञापन गरिएको थियो, न त केन्द्रीय रेल्वेलाई जानकारी नै । आवेदन दिएको ३ दिनमा नियुक्तिपत्र दिइएको थियो । यो आरोपमा सीबीआईले छानबिन तीब्र पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्