Deshko News
१४ आश्विन २०८०, आइतबार

ग्यारेथ बेल वेल्सको उत्कृष्ट वर्ष फुटबलर घोषित



garath-belकाठमाडौं, कात्तिक २४

ग्यारेथ बेल छैटौं पटक वेल्सको उत्कृष्ट फुटबलर घोषित भएका छन् । रियल मड्रिडका २७ वर्षे फवार्ड बेल लगाातार चौथो पटक र समग्रमा छैटौं पटक वेल्स प्लेयर अफ दि इयर घोषित भएका हुन् ।

वेलकै प्रेरणामा वेल्सले यो वर्ष युरो कपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो, जुन उसको अहिलेसम्मकै ठुलो उपलब्धि हो ।

उनी २०१० मा पहिलो पटक वर्ष खेलाडी बनेका थिए । २०११ मा पनि उत्कृष्ट घोििषत उनलाई २०१२ कम भने जोए एलनले पछि पारे । तर, त्यसयता वेलले लगातार चौथो पटक यो अवार्ड जितेका छन् ।

स्टोक मिडफिल्डर जोए एनलाई प्लेयर्स र फ्यान प्लेयर अफ दि इयर अवार्ड दिइएको छ भने १६ वर्षका इथेन अम्पाडुलाई युवा वर्ष खेलाडी घोषणा गरिएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News