चीनमा शक्तिशाली भूकम्प : ४६ जनाको मृत्यु, १६ बेपत्ता


 


एजेन्सी, भाद्र २१
दक्षिण पश्चिम चीनमा ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

सो शक्तिशाली भूकम्पमा परी ४६ जनाको मृत्यु भएको भने १६ जना बेपत्ता छन् । यस्तै ५० भन्दा बढी घाइते भएका चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको हो । भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको छ ।

प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्