भूकम्पपछि भाग्न नपाएको भन्दै चेङ्दुवासी आक्रोशित


 


एजेन्सी, भाद्र २२
भूकम्प प्रभावित चिनियाँ सहर चेङ्दुका केही बासिन्दाहरूलाई कोभिड तालाबन्दीको कारण आफ्नो परिसरबाट भाग्न रोकेको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् ।

चेङ्दुका केही मानिसले ६.६ म्याग्‍निच्यूडको भूकम्प जादा आफूहरु भित्रै बस्न बाध्य भएको गुनासो गरेका छन् । भूकम्पका कारण कम्तीमा ६५ जनाको ज्यान गएको छ । प्रतिबन्धका कारण आफूहरु बाहिर निस्कन नपाएको उनीहरुले गुनासो गरेका छन् ।

फेरि कोभिड फैलिएपछि सरकारले २ करोड १० लाख जनसंख्या भएको चेङ्दुमा लकडाउन घोषणा गरिएको छ । चीनको कोभिड शून्य नीतिका कारण बारम्बार विभिन्न सहरमा लकडाउन जारी हुने गरेको छ, जसको चपेटामा सर्वसाधारण परेका छन् ।

भूकम्पको धक्का महसुस गरेपछि आफ्नो ३० तलाको भवनबाट तल झरेको तर प्रतिबन्धका कारण गेटबाट बाहिर निस्कन नपाएको गुनासो गरे । सिचाआन प्रान्तमा स्थानीय समयअनुसार मंगलबार १ बजे भूकम्प गएको थियो । भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ ।

भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।

प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्