दुई करोड ५० लाख अफगानी गरिबीको रेखामुनि


 


एजेन्सी, भाद्र २६
मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ ।

उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको बताएको छ । अफगानिस्तानको ओसीएचएले ट्विटरमा भनेको छ, “अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा छन् । एक करोड ९० लाख मानिस खाद्य असुरक्षाको चपेटामा छन् । दुई करोड ५० लाख मानिस गरिबीमा बाँचिरहेका छन् ।”

प्रकाशित मिति: २६ भाद्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्