लकडाउनमा परेका चिनियाँ जनता खाद्यान्न अभावमा


 


एजेन्सी, भाद्र २८
चीनमा कोभिड लकडाउनको क्षेत्रमा खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरूको अभाव छ ।

कम्तीमा तीसवटा क्षेत्रमा लाखौँ मानिसलाई सरकारले आंशिक वा पूर्ण तालाबन्दी अन्तर्गत घरमा बस्न आदेश दिइएको छ ।

पश्चिमी सिन्जियाङका एक वासिन्दाले भनेका छन्, ‘हाम्रो पिठो, चामल र अन्डा सकिएको १५ दिन भइसक्यो । साथै बालबालिकाका लागि दुध सकिएको पनि धेरै दिन भइसक्यो ।’

आगामी अक्टोबरमा कम्युनिस्ट पार्टीको वार्षिक महाधिवेशन सुरु हुनु अघि स्थानीय महामारीहरू नियन्त्रण गर्न सरकारी अधिकारीहरू खटिरहेका छन् ।

चीनले शून्य–कोभिड नीति अपनाएकाले थोरै मात्र संक्रमणका घटना देखिना साथै कडा लकडाउन लगाउने गरिएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्