विद्यार्थी बोकेको बस दुर्घटना



accidentकञ्चनपुर, कात्तिक २४

विद्यार्थी बोकेर ल्याउँदै गरेको म १ ख ६०७ नम्बरको बस बेलौरी राजमार्गको दुलैना नजिकको चितौरा खोलानजिक दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

चन्द्रसूर्य बोर्डिङ स्कुल झलारीको उक्त बस दुर्घटनामा घाइते हुनेमा सात विद्यार्थी र एक शिक्षक रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए । घाइते सबैको झलारीस्थित निजी क्लिनिकमा उपचार भइरहेको छ ।

घाइते सबै खतरामुक्त रहेको बताइन्छ । टिप्परले नाघेर जान खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । टिप्परलाई अस्थायी प्रहरी चौकी बन्साहाले नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटनापछि फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News