भोजपुरमा सर्वसाधारणले गर्ने विकासका काम असफल बनाउनमा नेताहरु नै सक्रिय


 


पूर्वी पहाडकाे सुन्दर जिल्ला भाेजपुर सदरमुकामकाे भाेजपुर बजार । तस्बिर : देशकाेन्युज
पूर्वी पहाडकाे सुन्दर जिल्ला भाेजपुर सदरमुकामकाे भाेजपुर बजार । तस्बिर : देशकाेन्युज

 

काठमाडौं, कात्तिक २४

भोजपुरको षडानन्द नगरपालिकाका स्थानिय नागरिकहरू विकास निर्माणको अभियानमा लागेपछि त्यसलाई असफल बनाउन स्थानीय नेताहरू लागि परेका छन् ।

उक्त नगरपालिकाका नागरिकहरूले राजनीति त्यागेर विकास निर्माणको अभियानमा एकजुट भएर लागेपछि स्थानीय नेताहरुले विकास निर्माणका कामहरुलाई सफल हुन नदिन हस्तक्षेप गर्ने गरेका छन् ।

जनताको सेवा सुविधा र विकासमा अवरोध पुर्याउने योजनाले ओतपोत भएका दिङलाका कांग्रेस, एमाले र माओवादीका स्थानीय नेताहरूले पछिल्लो पटक तुम्लिङटार–लम्छुवा–दिङ्ला जोड्ने अरुण नदीको निमार्ण्धिन पुलमाथि आफ्नो हर्कद देखाएका स्थानीय मिलन बस्नेतले जानकारी दिए ।

स्थानिय नेताहरुले यसरी अवरोध गरेपछि गएको कात्तिक ३ गते तुम्लिङटार–लम्छुवा–दिङ्ला जोड्ने अरुण नदीको पुल निमार्णकार्य सम्पन्न गर्न माग गर्दै स्थानीय नागरिकहरु ज्ञापनपत्र लिएर सडक डिभिजन कार्यलय तुम्लिङ्टार गएका र उक्त ज्ञापनपत्र बुझाउन जाँदा पनि उनीहरुमाथि स्थानीय नेताहरुले अवरोध पुर्याएका थिए ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्