भारतले जित्यो अष्ट्रेलियाविरुद्ध टी-ट्वान्टी सिरिज


 


एजेन्सी । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।

हैदराबादमा आइतवार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जीत निकाल्दै भारतले सिरिज जितेको हो ।

तीन खेलको टी-ट्वान्टी सिरिज भारतले २-१ ले जितेको हो । पाहुना टोलीले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्