दक्षिण अफ्रिकासँग भारत पराजित



काठमाडौँ, कार्तिक १४
दक्षिण अफ्रिकाले आइसिसी टी २० विश्वकपअन्तर्गत समूह ‘दुई’मा आइतबार राति भारतलाई ५ विकेटले पराजित गरेको छ । पर्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङका उत्रिएको अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन बनायो । अफ्रिकाका लागि डेभिड मिलरले ४६ बलमा ४ चौका र ३ छक्कासहित अविजित ५९ रनको महत्त्वपूर्ण इनिङ खेले ।

यस्तै, एडेन मारक्रमले ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतका लागि अर्शदीप सिंहले दुई तथा मोहम्मद सामी, हार्दिक पाण्डेया र रविचन्द्रन आस्विनले १–१ विकेट लिए ।

पहिलो इनिङमा भारतका लागि सूर्यकुमार यादवले ४० बलमा ६ चौका र ३ छक्कासहित ६८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

बलिङतर्फ अफ्रिकाका लागि लुङ्गी एनगिडीले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै वाइन पर्नेलले ३ तथा अनरिच नोर्ट्जेले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News