स्थानीय तहकाे संरचनालार्इ लिएर भाेजपुरका गाउँमा अान्दाेलन


 


kotgoganeभाेजपुर, कार्तिक २५

संयुक्त गाउँपालिका समन्वय समिती इलाका नं ८ र ९ लेखर्क सहितको आन्दोलन जारी रहेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत तिम्मा गाविसमा गाविस स्तरीय भेला तथा अन्तरक्रिया गरेको छ ।

त्यस्तै कोट गाविसमा पनि वडा नं २ मा बालबहादुर खड्काको संयोजकत्वमा वडा स्तरीय गाउँपालिका सङ्घर्ष समन्वय समिती गठन गरेको छ । साथै वडा नं १ मा बद्री विकको संयोजकत्वमा ४९ सदस्य सङ्घर्ष समन्वय समिती गठन गरेको छ ।

कोट गाविसमा बसेको समितीको बैठकले कुनै पनि हालतमा अन्नपुर्ण केन्द्र नमान्ने र आफ्नो माग पुरा नहुन्जेलसम्म जस्तोसुकै मुल्य चुकाउन पनि पछि नहट्ने निर्णय गरेको छ ।

यसैबिच आगामी २७ गते गाविस परिसर लगायत आन्दोलन भएका क्षेत्रमा कालो झण्डा गाडेर स्थानिय पुर्नसंरचनाको खबरदारी सभा गर्ने भएको संयुक्त गाउँपालिका समन्वय समिती इलाका नं ८ र ९का संयोजक हर्कराज राईले जानकारी दिए ।

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्