टी–२० विश्वकप : दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दै



एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड भिड्दै छन् ।

भारत र इङ्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ ।

भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

हिजोको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ।

आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतवार पौने २ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News