भारतविरुद्धको टेस्ट क्रिकेटमा इंग्ल्यान्डले शानदार ब्याटिङ



criकाठमाडौं,कात्तिक २५

भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा इंग्ल्यान्डले शानदार ब्याटिङ गरेको छ ।

भारतको राजकोटमा जारी टेस्टको दोस्रो दिन विहीबार पाहुना टोली इंग्ल्यान्डले ५३७ रन बनाएको हो ।

तीन खेलाडीले शतक बनाएको इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक १२८ रन जोडे । यसैगरी, जो रुटले १२४ रन तथा मोइन अलीले ११७ रन बनाए ।

बलिङतर्फ भारतका रविन्द्र जडेजाले ३ विकेट लिए भने मोहोमद सामी, उमेश यादव र रविचन्दन आश्विनले २–२ विकेट लिए ।

इंग्ल्यान्डले बनाएको ५३७ रनको जवाफमा भारतले आफ्नो पहिलो इनिङ्सको ब्याटिङ सुरु गरिसकेको छ ।

दोस्रो दिनको समाप्तीसम्म भारतले बिनाकुनै विकेटको नोक्सानीमा ६३ रन बनाएको छ । २८ रनमा अविजित रहेका गौतम गम्भीर र २५ रनमा अविजित रहेका मुरली विजयले शुक्रबार बिहान तेस्रो दिनको खेल सुरु गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News