फिफा विश्वकप : कतारविरुद्ध इक्वेडरको सानदार जित



एजेन्सी, मंसिर ५
आइतबारबाट कतारमा सुरु भएको फिफा विश्वकपमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विजयी सुरुआत गरेको छ ।

अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरे । खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए ।

त्यसपछि खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २–० को जित दिलाए ।

यस जितसँगै समूह ए मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News