विश्वकप छनोटमा उरूग्वेको जित



timthumbकाठमाण्डौ , कार्तिक २६

उरुग्वेले विश्व कप २०१८ को छनोटमा इक्वेडरमाथि २-१ को जित दर्ता गरेको छ। छनोट अन्तर्गत आज बिहान घरेलु मैदानमा भएको खेलमा उरुग्वेले इक्वेडरमाथि शानदार प्रदर्शन गर्दै विजयी यात्रा जारी राखेको हो।

उरुग्वेले विश्व कप छनोट अन्तर्गत घरेलु मैदानमा अहिलेसम्म भएका ६ खेलमा जित निकालेको छ । उरुग्वेको जितमा पहिलो हाफमा सेबास्टिएन कोएटिस र डिएगो रोलानले गोल गरे। यस्तै इक्वेडरका लागि काइसेडोले एक गोल फर्काए।

लुइस स्वारेजले यो खेलमा गोल गर्न सकेनन् तर गोलका लागि राम्रा अवसर भने दिलाए। ११ खेलबाट २३ अंक रहेको उरुग्वेले दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकप सोझै छनौट हुने सम्भावना बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News