भोजपुरको सिस्नेरीमा गुरूकुल स्थापना



भाेजपुर, कार्तिक २६

भोजपुर जिल्लाको पूर्वी क्षेत्रमा पर्ने याङ्गपाङ्ग गाउँ विकास समितिको सिस्नेरीमा स्थानीय बासिन्दाको पहलमा श्री कटका सामुदायिक गुरूकुलको स्थापना गरिएको छ । मुलुकमा संस्कृत शिक्षा लोप हुँदै गएको समयमा संस्कृत शिक्षाको संरक्षण र सम्‌बर्द्धन गर्ने उदेश्यका साथ गुरूकुलको स्थापना गरिएको शास्त्री सोमनाथ कोइरालाले बताएँ ।

शास्त्री कोइरालाले भने,” अहिले फ्रान्स जर्मनी लगायतका युरोपियन यूनियन सम्बद्ध देशका प्रख्यात विश्वविद्यालयमा संस्कृत भाषा र वेदको अध्यापन गराइन्छ । तर नेपालमा आफ्नै मौलिक भाषा संस्कृत लोप हुने अवस्थामा पुगेको छ । यसलाई  जोगाउँन र संस्कृत शिक्षालाई गाउँ-गाउँमा फैल्याउँने उदेश्यका साथ गुरूकुलको स्थापना गरिएको हो”;

सिस्नेरीमा संस्कृत शिक्षा लिनका लागि भारतबाट पनि शिष्यहरु ल्याउन प्रयास भैरहेको उनले जानकारी दिएँ । २० बर्षको कलिलो उमेरमा महत्वपूर्ण र ऐतिहासिक काम गरेका कोइरालालाई ” यूवा गुरू सोमनाथ” भनेर चिन्ने गरिन्छ । उनले बिभिन्न जिल्लामा गएर पुराण बाचन गरे बापत पाएको दान गुरूकुलमा खर्चने गरेका छन् ।

मन्दिर नैं मन्दिरले घेरिएको सिस्नेरी देउराली पवित्र संस्कृत भूमि बनाउँने यूवा गुरू सोमनाथको भनाई रहेको छ । गुरुकुलमा अध्ययन गर्न विदेशबाट विद्यार्थी आए भने सिस्नेरीको पनि महत्व बढ्ने उनले बताए ।

स्थापनासँगै गुरूकुलमा संस्कृत पढ्नेहरुको चाप बढेको छ । अहिले १५ जनाले अध्ययन गरिरहेका छन भने भारतबाट पनि संस्कृत अध्ययन गर्न आउँने भन्दै चासो देखाएको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News