भाेजपुर- चखेवा बस चल्न थाल्याे, स्थानीय हर्षित


 


भाेजपुर, कार्तिक २६

भोजपुरबाट चखेवासम्म बस सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् । केहीदिनदेखी बस सञ्चालनमा आउने भनिएपनि बाटोको खराबीका कारण भोजपुरदेखी छिनामखुको सिर्जली भन्ने स्थानमा सम्म बस सञ्चालनमा रहेको थियो ।

आजबाट भोजपुर चखेवा सम्म नै बस सञ्चालनमा ल्याएपछि त्यहाका स्थानीय तथा यात्रुहरु हर्षित भएका हुन् । भोजपुर चखेवा करिब ३१ किलोमिटर सडकमा दिनमा ३ वटा बस सञ्चालनमा आउने बताइएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्