बसको ठक्करबाट एकको मृत्यु


 


इनरुवा, कार्तिक २६

बसको ठक्करबाट आज यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिक्तेल गाविसका १५ वर्षीय लैलासरी राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७५४ नं को बसले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको हरिपुर गाविस– २ मा ठक्कर दिँदा गम्भीर घाइते भएका राईको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्