Deshko News
१३ आश्विन २०८०, शनिबार

फिफा विश्वकपः क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा



काठमाडौँ, मंसिर २८
अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्यो । अर्जेन्टिनालाई फाइनलमा पुर्याउन जुलियन अल्भारेजले २ तथा कप्तान लियोनल मेस्सीले १ गोल गरे ।

मेस्सीले ३४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।

जारी विश्वकपमा मेस्सीको यो पाँचौ गोल हो । उनी गोल्डेन बुटको समेत दावेदार बनेका छन् । फ्रान्सका कायलियन एमबाप्पेले पनि ५ गोल गरेका छन् ।

अल्भारेजले ३९ औँ तथा ६९ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

अर्जेन्टिनाले फाइनलमा अब मोरक्को र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: २८ मंसिर २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News