पूर्व क्याम्पस प्रमुखकाे बिदार्इ


 


campus-chifभाेजपुर, कार्तिक २६

भोजपुर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हेमन्त राईको एक समारोहका बीच बिदाई कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा राई २०६९ साल बैशाख २७ गतेदेखि २०७३ बैशाख २६ गतेसम्म चार वर्षे कार्यकालको लागि भोजपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

बिदाई समारोहका विशेष अतिथि क्याम्पस प्रमुख डा. रोहित कुमार श्रेष्ठले बिदाई र सरुवा सार्वजनिक निकायहरुमा निरन्तर प्रक्रिया रहेको बताउँदै उनकाे प्राज्ञिक उन्नतीको शुभकामना व्यक्त गर्दै पूर्व क्याम्पस प्रमुखको कार्यकालमा भए गरेका अनुभव भोलिका दिनमा क्याम्पसको विकासका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

बिदाई भएका पूर्व क्याम्पस प्रमुख हेमन्त राईले चुनौतीका पहाडै पहाड भएको समयमा आफु क्याम्पस प्रमुखको जिम्मेवारीमा आएको र सबैको साथ सहयोगले आफ्नो कार्यकाल सफल रहेको अनुभुति भएको धारणा व्यक्त गरे । विचारको आधारमा नभई संस्थागत हितको लागि सबैले मिलेर काम गर्नुपर्ने शिक्षा आफुले पाएको स्मरण गर्दै राईले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरे । राईको हालै मात्र ललितपुर जिल्लास्थित पाटन बहुमुुखी क्याम्पसमा सरुवा भएको हाे ।

प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्