महान फुटबलर पेलेको निधन


 


काठमाडौं, पाैष १५
ब्राजिलाका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।

मृगौला र प्रोस्टेट रोगले थला पारेपछि पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । उनी नोभम्बरमा अस्पताल भर्ना भएका थिए ।२१ वर्षको लामो फुटबल करिअरका दौरान १ हजार ३६३ म्याच खेलेका पेलेको नाममा १ हजार २८१ गोल गरेको विश्व रेकर्ड छ ।

उनी एकमात्रै खेलाडी हुन्, जसले ३ पटक विश्वकप जितेका छन्। ब्राजिलले १९५८, १९६२ र १९७० को विश्वकप जित्दा पेले टिममा थिए। उनलाई विश्व फुटबल महासंघले सन् २००० मा ‘फिफा प्लेयर अफ दि सेन्चुरी’को उपाधि प्रदान गरेको थियो।

पेलेकी छोरी केली नासिमेन्तोले इन्स्टाग्राममा एक सन्देश लेख्दै आफ्ना पिताको निधन भएको बताएकी छन्।

प्रकाशित मिति: १५ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्