कर्मचारी संगठनको अध्यक्षमा पराजुली



भोजपुर, कार्तिक २७
rewati-parajuliनेपाल निजामती कर्मचारी संगठन भोजपुरको १० औं जिल्ला अधिवेशनले रेवती प्रसाद पराजुलीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती निर्विरोध चयन गरेको छ । जिल्ला विकास समितीको सामुदायिक भवनमा गएराती अबेर सम्पन्न बन्दसत्रले समितीको उपाध्यक्षमा मान ब. देवकोटा र अनिशा शर्मा, सचिवमा अनिल पोखरेल सह–सचिवमा चन्द्र प्रसाद ओझा र कोषाध्यक्षमा राम ब. दाहाल चयन भएका छन् ।

समितीले कर्मचारीको पेशागत हक हितका लागी सामुहिक आवाज उठाउने र जनमुखी सेवा प्रवाहमा दत्तचित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र कुमार राईले अधिवेशनको उद्घाटन गरेका थिए । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रहेका पराजुली यस अघि पनि संगठनकाे अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News