कास्की कांग्रेस पूर्व-सभापतिलाई कारबाही सिफारिस, संगठित अन्तर्घातको आरोप


 


कास्की, पाैष २०
नेपाली कांग्रेस कास्कीका पूर्व-सभापति कृष्ण केसीलाई संगठित अन्तर्घातको आरोप लगाउँदै कारबाही सिफारिस भएको छ ।

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा कास्की-१ का उम्मेदवारलाई हराउन संगठित रूपमा अन्तर्घात गरेको उनीमाथि आरोप लागेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले अन्तर्घात गर्ने नेता कार्यकर्ता विरूद्ध उजुरी दिन गरेको आग्रह अनुसार कास्कीबाट केसी मात्र सिफारिस भएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि कास्की-१ मा गठबन्धनका तर्फबाट कांग्रेस जिल्ला सभापति किशोरदत्त बराल उम्मेदवार थिए। सोही क्षेत्रको प्रदेश सभा खमा कांग्रेसकै युवा नेता दीपक गुरुङ उम्मेदवार बनेका थिए।

प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका कांग्रेसका दुबै नेतालाई हराउन पूर्व सभापति केसीले भूमिका खेलेको उजुरीमा उल्लेख छ।

प्रकाशित मिति: २० पुस २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्