कतारमा नेपालीको मृत्यु



कतार, कार्तिक २७

कतारमा निर्माणधीन विश्वकपको अल वक्रा रंगशाला बनाउनेक्रममा २९ वर्षीय अनिलकुमार पासमानको मृत्यु भएको छ । रंगशाला निर्माणको जिम्मा पाएका कम्पनीले पासमानको २२ अक्टोबर आइतवार घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको हो ।

कतारमा निर्माणाधीन रंगशाला बनाउनेमा मृत्यु हुने पासवान पहिलो नेपाली कामदार हुन् । वक्रा रंगशाला बनाउने जिम्मा पाएको मिडम्याक, पिओआरआर र सिक्स कन्स्ट्रक्टद्वारा जारी विज्ञप्ती अनुसार पासवानको भारी ट्रकले ठक्कर दिंदा मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि छानबिनको लागि रंगशालाको निर्माण काम रोकिएको थियो । कतारमा निर्माणाधीन रंगशाला बनाउनेमा मृत्यु हुने पासवान पहिलो नेपाली कामदार हुन् । पासवान निर्माणाधीन साइट भन्दा बाहिर क्षेत्रको ड्राइभर भएको दाबी गरेको छ ।

रंगशालामा कार्यरत कामदारको स्वास्थ्य तथा सुरक्षाको लागि मुख्य ठेकेदार कम्पनीले जिम्मा लिएको छ । ती कम्पनीहरुले फेरि यस्तो दुर्घटना हुन नदिन थप सचेतता अपनाएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News