विभिन्न मैत्री संगठनद्वारा चिनियाँ राजदूत राजदूतकाे स्वागत


 


काठमाडाैं, पाैष २८
नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङलाई विभिन्न मैत्री संगठनहरुले स्वागत गरेका छन् ।

काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी राप्रपा केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीसहित विभिन्न संगठनका प्रतिनिधिले स्वागत गरेका हुन् ।

कार्यक्रममा राजदूत सङले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि दुवै देशले सधैं एकअर्काको सम्मान, विश्वास र सहयोग गर्दै आएको धारणा राख्नुभयाे ।

नेपालमा भर्खरै संघीय र प्रदेश निर्वाच सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै राजदूत सङ अहिले विश्वमा भइरहेका परिवर्तन यसअघि कहिल्यै नभएका किसिमका भएको टिप्पणी गर्नुभयाे ।

नयाँ परिस्थिति, नयाँ अवसर र चुनौतीको स्थितिमा चीनले सधैंझैं नेपाललाई राष्ट्रिय अखण्डता र राष्ट्रिय सम्मानको रक्षाका लागि, राष्ट्रिय आवश्यकता अनुसारको विकास ठम्याउन र स्वतन्त्र घरेलु तथा विदेश नीति अपनाउन सहयोग गर्ने उहाँले बताउनु भयाे ।

राजदूत सङले नेपालका लागि २२औं चिनियाँ राजदूतका रूपमा सेवामा आउन पाउनुलाई अवसर र ठुलो सम्मानका रूपमा लिएको धारणा राख्नुभयाे । नेपालको अनुपम सौन्दर्य, अद्वितीय संस्कृति र यहाँका जनताको दयालुपन र हार्दिकताबाट छक्क परेको उहाँले बताउनु भयाे ।

सङ आइतबार मात्रै आफ्नो जिम्मेवारी समाल्न काठमाडौं आई पुग्नु भएकाे थियाे ।

प्रकाशित मिति: २८ पुस २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्