९ सदस्यीय कार्यसमिति चुन्दै नेपाली क्रीकेट समर्थक समाजको पहिलो साधारणसभा सम्पन्न


 


received_1285558051489687काठमाडौं २७ कार्तिक

नेपालि क्रीकेट समर्थक हरुको एकमात्र प्रतिनिधि संस्था नेपाली क्रीकेट समर्थक समाजको ऐतिहासिक प्रथम साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। काठमाडौं कलन्कीमा सम्पन्न उक्त साधारणसभामा एन सि एस एस मा आबद्द देशैभरिका प्रतिनिधिको उत्साहजनक उपस्तिथि रहेको थियो।
received_1285558048156354साधारणसभाले आगामी २ बर्षे कार्यकालको लागि भानु सिग्देलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्बसम्मतिले निर्बाचित गरेको छ। निर्बाचित कार्यसमितिको उपाध्यक्षमा मिलन श्रेष्ठ , सचिबमा बिमल पौडेल ,सहसचिब बिराज घिमिरे तथा कोशाध्यक्ष प्रमोद बज्राचार्य रहेका छन।यस्तै सदस्यहरुमा नारायण पराजुली, कपिल श्रेष्ठ, श्वेता चालिसे र तपेन्द्र जोशी चुनिएका छन।

नेपाली क्रीकेट प्रशासन शुन्यतामा चलिरहेको र सरकार र मन्त्रालयबाट क्रीकेटको संरक्षणमा पर्याप्त भुमिका नखेलेको अवस्थामा सम्पुर्ण समर्थकको आवाजलाइ सम्बोधन गर्दै स्थापना भएको यस सन्स्थाले यसअघि उल्लेख्य काम गर्दै जनस्तरमा बिश्वास बटुलिसकेको छ।

आफ्नो साखलाइ अझै उचाइमा लैजान सन्स्थाले आगामी दिनमा गरिने नीति तथा कार्यक्रमहरु समेत आजको साधारणसभा द्वारा पारित गरेको छ।जसमा आगामी बर्षमा एन सि एस एस कपको नाममा क्रीकेट प्रतियोगिता गराउने, जिल्लास्तरमा सन्स्थाको शाखा बिस्तार गर्ने, विभिन्न कर्पोरेट हाउस, मिडिया ,क्रीकेटका सरोकारवालासग सम्पर्क बिस्तार गर्ने, समर्थकहरुको आवाजलाई खेलकुद मन्त्रालय राखेपमा पुर्याउन समन्वयकारी भुमिका खेल्ने।

ओझेलमा परेका प्रतिभाहरुलाइ अवसर प्रदान गर्दै राष्ट्रिय टोलिमा प्रबेशको लागि मार्गदर्शन गर्दैलैजाने लगायतका अन्य कार्यक्रमहरु नीति तथा कार्यक्रममा समाबेश रहेका छन।
नेपाली क्रीकेट समर्थक समाजमा हाल २१ जना संस्थापक सदस्य, २६ जना आजिबन सदस्य ,७ जना साधारण सदस्य र ६३ जना एसोसिएट सदस्यहरु आबद्द रहेका छन भने सामाजिक सन्जालमा एक लाख ७८ हजार जनाले ऐक्यबद्धता जनाएका छन।

प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्