नेविसंघ रोल्पाको अध्यक्षमा जिसी नियुक्त


 


बुटवल । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा योगेन्द्र अनुपम जिसी नियुक्त भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो महाधिवेशन प्रतिनिधि बनेका जिसीलाई नेविसंघ सभापति दुजाङ शेर्पाले रोल्पाको जिम्मेवार दिएका हुन् ।

आगामी स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी बनाउने र निर्धारित समयमा नै संघको अधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ जिसीलाई जिम्मेवारी दिइएको छ ।

नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्ष पद रिक्त रहेको र वर्तमान विधानअनुसार ३२ वर्ष उमेर हद पनि आकर्षित भएकोले नेपाल विद्यार्थी संघको विधान २०२७ र छैठौ शंसोधन २०७५ बमोजिम अध्यक्षको जिम्मेवारी दिइएको हाे ।

जिसीलाई तीन महिनाभित्र नेविसंघको जिल्ला अधिवेशन गर्ने जिम्मेवारी दिइएको छ । उनले केन्द्रले दिएको जिम्मेवारी पुरा गर्ने बताए ।

२०५५ सालमा जन्मिएका जीसीले २०७१ बाट नेविसंघमा आबद्ध हुँदै विभिन्न मावि तथा क्याम्पसको नेतृत्व गर्दै विद्यार्थी राजनीतिमा प्रवेश गरेका जिसीले नेविसंघ रोल्पाको नेतृत्व पाएका हुन् ।

प्रकाशित मिति: १४ माघ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्