खानेपानी मन्त्री खानंद्वारा जिल्ला कारागार बर्दियाकाे अनुगमन


 


बर्दिया, माघ १५
जनमत पार्टीका उपाध्यक्ष तथा संघीय खानेपानी मन्त्री अब्दुल खानंले गृह जिल्लामा रहेकाे जिल्ला कारागार बर्दियाकाे अनुगमन गरेका छन् ।

अनुगमनकाे क्रममा खानेपानी मन्त्री खानंले कारागार भित्र खानेपानी तथा सरसफाईकाे अवस्था बारे जानकारी लिएका थिए । साथै उनले कारागार भित्रकाे अवस्था जाचंबुझ गर्दै कैदीहरुकाे गुनासाे समेत सुनेका थिए ।

अनुगमन पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै खानेपानी मन्त्री खानंले जनताको मौलिक हकसँग जोडिएको खानेपानी र सरसफाइ क्षेत्रसंग सम्बन्धित आयोजनाहरुलाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढिरहेको बताए ।

विशेषगरी तराई क्षेत्रमा देखिएको आर्सेनिक लगायतका समस्या समाधान गर्न विशेष याेजना बनाएर मन्त्रालय अघि बढ्ने समेत उनले बताए ।

खानेपानी विनाकाे जिवनकाे कल्पना समेत गर्न नसकिने बताउँदै मन्त्री खानंले अब सरकारले पनि बाेतल र जारबाट खानेपानी उत्पादन गर्ने याेजना बनाई कार्यन्वयन गर्ने बताए

अनुगमन टाेलीमा बर्दियाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्धु प्रसाद बास्ताेला लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति: १५ माघ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्