सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा


 


पोखरा, माघ १८
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरिएको छ ।

पोखरामा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) केन्द्रिय कार्यसमितिको बैठकले निलम्बन फुकुवा गरेको हो ।

पोखरामा मंगलबार भएको केन्द्रिय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बताइएको छ ।

उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो । नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो ।

तर उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। फेरि मंगलबार मात्रै उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ ।

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्