प्रहरीप्रति मृतकका अाफन्तकाे गुनासाे


 


3राजन समीप

भोजपुर, कार्तिक २८

आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेको मृतकका आफन्तले शंका गरेपनि प्रहरीले हाल सम्म अनुसन्धानका लागि कसैलाई नियन्त्रणमा नराखेको आफन्तले गुनासो गरेका छन् । खोटाङ फेदी ८ स्थायी ठेगना भर्इ विगत १० बर्षबाट सुनसरी इटहरी उपमहानगरपालिका वडा नं २ शान्तिनगरमा परिवार सहित बसोबास गर्दै आइरहेकी  ३८ बर्षिया मनकुमारी राई २६ गते बेलुकी ११ बजे कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

1अन्दाजी साढे ४ फिट उचाई भएको ठाउँमा सलले पासो लागेको अवस्थामा मृतक मनकुमारीलाई आफ्नै छोरा विवेक राईले भेटाएका थिए । विवेकले आफ्नी आमालाई मृत अवस्थामा भेट्नु अघि आमा र बुबा विच झगडा भएको मावली पक्षलाई फोनमा सुनाएका थिए ।

मृतकको सव हाल परिक्षणका लागि धरानस्थित वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखीएको आफन्तले जनाएका छन् । मृतकको शरीरभरी चोटै चोट र शंकास्पद तरीकाले खुट्टा टेकेर झुण्डिएको अवस्थामा भेटीएकी मनकुमारीको आत्म हत्या नभएर आफ्नै श्रीमानले कुटपीट गरी हत्य गरेको आरोप माइती पक्षको छ ।15036598_335166690174320_5100967934202766961_n

मनकुमारीलाई शंकास्पद अवस्थामा मृत भेटीए पनि प्रहरीले उनका श्रीमान धनिराम राईलाई नियन्त्रणमा नलिएको भन्दै उनका आफन्तहरुले गुनासो गरेका छन् । शरीरभरी चोटैचोट र निलडाम रहेको र प्रशस्त शंका गर्न सकिने प्रमाण हुँदा पनि प्रहरीले कसैलाई नियन्त्रणमा लिएर प्रभावकारी अनुसन्धान नगरेको भन्दै मृतकका भाई हर्कपाल राईले प्रहरी संयन्त्रप्रति आपत्ति जनाएका छन् ।

मृतकका आफन्तहरु खोटाङवाट भर्खरै मात्र धरान आइपुगेकाले किटानी जाहेरी भने दिन बाँकी रहेको बताएका छन् ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्