सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने



काठमाडौं, फागुन १५
नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ । नाबालिगमाथि बलात्कार अभियोग लागेका लामिछानेको मुद्दामा आज पनि सुनवाइ हुने भएको हो ।

आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिममा हेर्दाहेर्दैमा राखिएको थियो ।

उक्त मुद्दामा आज पनि सुनवाइ जारी रहने जनाइएको छ । नाबालिग बलात्कार मुद्दामा उच्च अदालत पाटनले सर्तसहित धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो ।

यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सरकार र लामिछानेको दुवै मुद्दामा गत शुक्रबारदेखि भएको सुनवाइ नसकिएपछि सोमबारका लागि पनि पेशी तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News