विश्व कप फुटबल छनौट खेलहरुमा ईटाली र स्पेन विजयी


 


today-newsकाठमाडौं, कात्तिक २८

सन् २०१८ मा रुसमा हुने विश्व कप फुटबल छनौटअन्तर्गत शनिबार राति भएका खेलहरुमा ईटाली र स्पेन विजयी भएका छन् ।

युरोपेली समुह जी को खेलमा ईटालीले लिचेस्टाईनलाई ४-० ले हराउँदा स्पेनले मेसेडोनीयामाथि ४-० कै जित निकाल्यो । यही समुहको अर्को खेलमा ईजरेलले अल्बानियालाई ३-० ले हरायो ।

उता समुह डी को खेलमा आयरल्याण्डले अष्ट्रियालाई १-० ले हराँउदा वेल्स र सर्बीया तथा जर्जीेया र माल्दोभाले १-१ गोलको बराबरी खेलेका छन् ।

विश्वकप छनौट अन्तर्गत समुह आई का खेलहरुमा क्रोएसिया, टर्की र युक्रेन विजयी भएका छन् ।

आफ्नै मैदानमा भएको खेलमा क्रोएसियाले आईसल्याण्डलाई २-० ले हरायो । यसैगरी टर्कीले कोसोभोलाई २-० ले हराँउदा युक्रेनले फिनल्याण्डलाई १-० ले पराजित गर्‍यो ।

विश्वकप छनौट अन्तर्गत अफ्रिकी समुहका खेलहरुमा नाईजेरिया र दक्षिण अफ्रिका विजयी भएका छन् ।

नाईजेरियाले अल्जेरीयालाई ३-१ ले हराँउदा दक्षिण अफ्रिकाले सेनेगललाई २-१ ले पराजित गर्‍यो ।

यसैगरी युगाण्डाले कंगोलाई १-० ले तथा बुर्कीना फासोले केप भर्डेलाई २-० ले हराएका छन् । माली र गाबोन तथा मोरक्को र आईभोरी कोष्टले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्