Deshko News
१४ आश्विन २०८०, आइतबार

भारतमा शशी–वसन्त सम्मानित



asamma-sammanकाठमाडौँ, कार्तिक २८

भारतको पूर्वोत्तर राज्य असममा कवि तथा प्राज्ञ शशी लुमुम्बू र सङ्गीतकार वसन्त मुकारुङ सम्मानित भएका छन् । भारत वर्षका प्रख्यात कवि, गायक तथा सङ्गीतकार भूपेन हजारिकाको छैटौँ स्मृति दिवसका अवसरमा उनकै जन्मथलो डिबु्रगढमा श्रुति शिल्पी समाज, असमले आयोजना गरेको भूपेन स्मृति दिवसका अवसरमा शशी–वसन्तलाई सम्मानित गरिएको हो ।

assam-samman-basanta-copyअसमका विभूति मानिने स्व. हजारिकाको सिर्जनालाई नेपालका साथै विश्वभरका नेपाली समुदायबीच प्रवद्र्धन गर्नुका साथै नेपाल र असमबीचको साहित्यिक, साँस्कृतिक एवं सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याएबात स्रष्टाद्वयलाई सम्मानित गरिएको असमका प्रसिद्ध जनगायक लोहित गोगोइले बताए ।

नेपाली वाङ्मय परिषद्का अध्यक्ष समेत रहेका उनको संस्था र वसन्त अध्यक्ष रहेको संगीत मञ्च, नेपालले यसअघि असमिया स्रष्टा तथा सर्जकहरूलाई नेपाल आमन्त्रण गरी दुई पक्षीय साहित्यिक–साँस्कृतिक विमर्श कार्यक्रमको आयोजना गरिसकेको छ भने केही महिनापछि राजधानीमा पुनः असमका स्रष्टाहरूको एक टोलीलाई आमन्त्रण गर्न लागेको सम्मान ग्रहण गरी असमबाट फर्किएका शशीले बताए ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News