पोर्चुगलले लात्भियालाई सहजै हरायो



porchugal

काठमाण्डौ ,कार्तिक २९
२०१८ को छनोट खेलमा गएराति पोर्चुगलले लात्भियालाई सहजै हराएको छ। घरेलु मैदानमा प्रभावशाली जित दर्ता गर्ने क्रममा पोर्चुगलले लात्भियालाई ४–१ ले हराएको हो।

समूह ‘बी’ मा रहेको पोर्चुगललाई जिताउन कप्तान क्रिष्टियानो रोनाल्डोले दुई तथा विलियम कार्वाल्हो र ब्रुनो अल्वेसले एक एक गोल गरे। लात्भियाका लागि अ्रटुर्स जिजन्सले एक गोल फर्काए।

२८ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रोनाल्डोले पोर्चुगललाई सुरुवाति अग्रता दिलाए।

दोस्रो हाफको सुरुमा पाएको पेनाल्टी भने रोनाल्डोले गोल गर्न सकेनन्। ६७ औं मिनेटमा लात्भियाका जिजन्सले बराबरी गोल फर्काए। त्यसको दुई मिनेटपछि कार्वाल्होले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए।

यस्तै खेलको ८५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता ३–१ मा पुर्‍याए। इन्जुरी समयमा अल्वेसले गोल गरेपछि पोर्चुगल ४–१ ले विजयी भयो।
समूह ‘बी’ स्वीट्जरल्याण्ड १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अंकसहित पोर्चुगल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News