आन्दोलनमा मृत्यु भएका लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय


 


काठमाडौं, चैत्र २४
कोशी प्रदेश नामाकरण विरुद्ध भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको हो ।

सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको छ।

कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको थियो ।

प्रदेश १ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातीय संस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन् ।

कोशी सरकारले यसअघि लिम्बूको परिवारलाई ३ लाख राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्