दुर्घटनामा महिलाको मृत्यु



accidentकलैया, कात्तिक २९

बारा जिल्ला निजगढ नगरपालिकास्थित बकैया नदीको पुलदेखि करिब २०० मिटर पूर्व सडकमा आज बिहान ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निजगढ–५ बस्ने ३५ वर्षीया कल्पना गौतम साइकलबाट निजगढ बजारतर्फ आइरहेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना२ख ९३४१ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री गौतमको घटनास्थलमा नै मृत्यु भएको थियो ।

ट्रक चालक निजगढ–८ बस्ने ५० वर्षीय जोखकुवर चौधरी र ट्रक इप्रका, निजगढको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक सुवासकुमार गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News