Deshko News
१४ मंसिर २०८०, बिहिबार

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


 


काठमाडौं, वैशाख ६
सरकारले बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए र जुकाको औषधि खुवाइने छ ।

नजिकैका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरु मार्फत भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने ब्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि वर्ष दुईपटक बालबालिकालाई खुवाइँदै आएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्