नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन फागुनमा हुँदै



dsc_9420काठमाडौँ, कार्तिक २९

नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच संघका अध्यक्ष श्रवण मुकारुङले फोरमका महासचिव दाइकी जुङसमक्ष ५० नेपाली कविका ६० कविता ८ कथाकारका कथा अनुवादका लागि प्रदान गरेका थिए ।

गामी फागुनको ११ देखि चार दिनसम्म काठमाडौंमा नेपाल—कोरिया पहिलो साहित्य एवं सांस्कृतिक सम्मेलन समेत हुने भएकाे छ । उक्त सम्मेलनमा कोरियाबाट फेरमका अध्यक्ष प्रोफेसर हु थे सिक, महासचिव जुङ, अन्तर्राष्ट्रिय निर्देशक ह्यन म्यु पार्कसहित कोरियन सरकार र राजनीतिक दलका शीर्षस्थ नेता, प्राज्ञ, कवि, लेखक, चित्रकार, संस्कृतिविद्, व्यवसायी गरी करिब दुई सय जना सहभागी हुने बताइएकाे छ ।

चार दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाली तथा कोरियाली साहित्य, संस्कृति, दर्शन, इतिहास, कला तथा पर्यटनबारे दश कार्यपत्र प्रस्तुत गरिने छ भने नेपाल र कोरियाका चुनिएका विशिष्ट कविहरुले कविता प्रस्तुत गरिने भएकाे छ । नेपाली लेखक संघका अध्यक्ष मुकारुङका अनुसार सम्मेलनमा दुवै देशका सय चित्रकारका कलाकृति प्रदर्शन गरिनुका साथै लोकसंस्कृतिको प्रस्तुति रहनेछ ।

सो अवसरमा नेपाल र कोरियाका चुनिएका ५० कविका कविता, सात जना कथाकारका तथा पाँच–पाँच उपन्यासहरुको अनुवाद पनि प्रकाशन गरिने छ । सङ्कलनमा नेपालतर्फका विशिष्ट साहित्यकार वीपी कोइराला, पारिजातदेखि अहिलेको पुस्ताका प्रतिनिधि स्रष्टासम्मलाई समेटिने भएकाे हाे । आगामी जुलाईमा सो सम्मेलनको दोस्रो संस्करण कोरियामा आयोजना गरिने भएकाे छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News