भाेजपुर अदालतले ५ कराेड जरिवाना असुल गर्न बाँकी


 


भाेजपुर, कार्तिक ३०

जिल्ला अदालत भोजपुरले हालसम्म ३ लाख ८१ हजार ३ सय पच्चिस रुपैया जरिवाना असुल गरेको बताएको छ । कुल ४ करोड ६९ लाख ३१ हजार १ सय ७२ रुपैँया जरिवाना असुल गर्नुपर्ने लगत रहेकोमा ४ करोड ६५ लाख ४९ हजार ८ सय ४८ बाँकी रहेको अदालतले जनाएकाे छ ।

अदालतले यस आर्थिक वर्षको साउन महिनादेखी अहिलेसम्म दुनियावादी देवानी प्रकृतिको ४९ मुद्धाको लगत रहेकोमा १० फर्छौट भईसकेको र ३९ वटा बाँकी रहेको जनाएको छ । त्यसैगरी दुनियावादी फौजदारी प्रकृतिका ३५ मुद्धा लगतमा रहेकोमा १३ वटा फर्छौट भइसकेको र २२ वटा बाँकी रहेको, सरकारवादी फौजदारी प्रकृतिका ३८ वटाको लगत रहेकोमा १५ वटा फर्छौट भइ १३ वटा बाँकी रहेको छ ।

हालसम्म १२ वटा थुनुवा मुद्धा बाँकी रहेको जनाईएको छ । त्यसैगरी बालबालिका पक्षका २ मुद्धा फर्छौट भएको र महिला पक्षको २८ लगत रहेकोमा १२ फर्छौट भई १६ बाँकी रहेको कार्यालयले जनाएको छ ।

यता मेलमिलाप सम्बन्धी लगत ८ रहेकोमा ३ वटा फर्छौट भइसकेको र ५ वटा बाँकी रहेको जनाएको छ । त्यसैगरी ५ लगत रहेको फैसला कार्यान्वयन तर्फको निवेदनमा १ वटा फर्छौट भई ४ वटा बाँकी रहेको हो ।

कार्यालयले कैद जरिवाना तर्फ १ हजार ४१ वर्ष १० महिना १८ दिनको लगत रहेकोमा ६ हजार २ सय ३ वर्ष २ महिनाको फर्छौट भईसकेको जनाएको छ । कार्यालयले १५६ कैद माग लागेका, १३९ जरिवाना माग लागेका साथै जरिवाना र कैद दुवै लागेका ७८ सहित ३ सय ७३ व्यक्तिबाट कैद जरिवाना असुल गरेको छ ।

यसैबिच जिल्ला अदालतले अभिलेखमा रहेका सबै मिसिलहरुलाई सफ्टवेयरमा राख्न थालेको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्