मलेसियामा एक नेपालीकाे मृत्यु


 


क्वालालाम्पुर, कार्तिक ३०

मलेसियाको क्वान्तानमा एक नेपाली युवक मृत भेटिएका छन् । जलान बुकित उबीको लोरोङ रुसामा रहेको घरको कोठामा उनी मृत भेटिएको मलेसियाली समाचार संस्था ‘बर्नामा’ ले जनाएको छ ।

उनको पूरा विवरण खुल्न सकेको छैन । भाडामा बस्दै आएको घरको कोठामा बिहीबार बेलुका ती नेपाली मृत भेटिएका थिए । प्रहरीले हृदयाघातका कारण मृत्यु भएको ठानिएका ती व्यक्तिको आफन्त वा परिवारका सदस्यलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्