क्यानको विवाद मिलाउन तोकिए संयोजक


 


काठमाडौं, कात्तिक ३०
नेपाली क्रिकेट (क्यान)को विवाद समाधान गर्न गठन भएको सल्लाहाकार समितिले संयोजक तोकेको छ ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् आइसिसीको टोली र ६ सदस्यीय नेपाली सल्लाहकार समूहको मंगलबार बसेको बैठकले विनयराज पाण्डे र बसन्त चौधरीलाई संयोजक तोकेको हो ।

आजै संयोजक तोकिएका पाण्डे र चौधरीलाई विवाद समाधानको जिम्मेवारी दिएको सल्लाहकार समूहका प्रबक्ता रोहित दाहालले जानकारी दिए ।

बैठकले पवनकुमार अग्रवाललाई सल्लाहकार समितिको सचिवको जिम्मेवारी दिएको छ ।

संयोजकले आउँदो असार दोस्रो साताभित्र नयाँ नेतृत्त्व चयन गरिसक्नु पर्ने छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्