आज बैशाख २९ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं, वैशाख २९
आज २०८० साल बैशाख २९ गते शुक्रबारको राशिफल ।

मेष

आज शुभकार्यको चर्चा चल्नेछ । नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता पनि छाउनेछ ।

मिथुन

आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

सिंह

रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला ।

तुला

आज प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ, तर आफन्तको साथ मिल्नेछ ।

धनु

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साँझमा भने अधिक धन खर्च भने हुन सक्छ ।

कुम्भ

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्च पनि बढ्नेछ ।

बृष

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्न सक्छ ।

कर्कट

आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कन्या

साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

बृश्चिक

कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारको लगानी भने कमजोर रहला ।

मकर

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्न सक्छ ।

मीन

आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक यात्राको योग पनि छ ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्