नेपाल भर्सेज मकाउ फाइनल भिडन्त (हेर्नुहोस् लाइभ)


 


काठमाडौं, कात्तिक ३०
मलेसियामा जारी एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपाली टोली मकाउ विरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।

सेमिफाइनलमा लाओसलाई  हराउँदै नेपाल फाइनलमा पुगेको हो । भने मकाउ ब्रुनाईलाई हराउँदै फाइनलमा पुगेको हो ।

यी दुबै देशबीच अहिले सम्म ५ पटक भएको भिडन्तमा नेपालले ३, एक बराबरी तथा एक मकाउले जितेको छ ।

एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउविरुद्ध सुरुवाती अग्रता लिएको छ । मलेसियाको कुन्चिङमा भइरहेको खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका हुन् ।

पानी परेरे मैदानमा जमेपनि खेल भइरहेको छ ।

लाइभ:

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्