विद्यालयलार्इ सामाग्री वितरण


 


भाेजपुर, मंसिर १

नेपाल वैंक लिमिटेड भोजपुरले आफ्नो ८० औँ बार्षिक उत्सवको अवसरमा विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरेकाे छ । भोजपुर नगरपालिकास्थित पुरानो डवलीमा रहेको आदर्श शिशु प्रथामिक विद्यालयलाई खेलकुद तथा स्टेशनरी उपलब्ध गराएको हो ।

बैंकले विद्यालयलाई फुटवल, भलिवल, स्पीकीङ, चेस, लुंडो, तथा पाठ्य सामाग्री उपलब्ध गराएको नेपाल वैंक लिमिटेड शाखा कार्यलय भोजपुरका प्रबन्धक गौत्तम राईले जानकारी दिए ।

आफ्नो बार्षिक उत्सवको अवसरमा बैंकले चियापान समारोहको समेत आयोजना गरेको छ । ८० औं बर्षसम्म आइपुग्दा भोजपुर शाखाले विगत बर्षाहरुको तुलनामा उल्लेख्य मात्रामा प्रगति गरेको शाखा प्रबन्धक राईले बताए।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्