पात्लेपानी धुँवारहित गाविस घाेषणा हुँदै



भाेजपुर, मंसिर १

सामुहिक अभियान भोजपुरले दक्षिणी पात्लेपानी गाबिसलाइ घरभित्रको धुवारहित गाबिस घोषणा गर्ने भएको छ । अभियानले यही मङ्सिर ९ गते पात्लेपानीलाइ घरभित्रको धुवारहित गाबिस घोषणा गर्ने भएको हो ।

सुधारिएको चुल्हो निमार्ण गरेर जिल्लालाइ घरभित्रको धुवारहित जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार १७ आैं धुवारहित गाबिस घोषणा गर्न लागिएको अभियानका जिल्ला संयोजक मिलन भण्डारीले बताए ।

अभियानले आफ्नो चुलो निर्माण अभियानलाइ सहयोग गर्न सबै पक्षसंग आग्रह गरेको छ । घोषणा कार्यक्रममा सास्कृतिक कार्यक्रम सहित चेतनामुलक सडक नाटक समेत पस्तुत गरिने स्थानीय मैया कार्कीले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News