Deshko News
१८ आश्विन २०८०, बिहिबार

रास्वपाले माग्यो पार्टी कार्यालयका लागि कर्मचारी



काठमाडौं, जेठ २ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा कर्मचारी आह्वान गरेको छ ।

सिईओको रुपमा विकास, सुशासन, व्यवस्थापनलगायत सम्पूर्ण कार्यभार सम्हाल्न सक्नेले जेठ १५ गतेभित्र आवेदन गर्न सक्ने भनिएको छ । उक्त पदमा विदेशमा बसेका र व्यवस्थापन क्षेत्रमा काम गरेकालाई प्राथमिकतामा राखिने रास्वपाले जनाएको छ ।

यसअघि दरखास्त दिएकाले पुनः आवेदन दिनुनपर्ने जानकारी गराउँदै रास्वपाले आकर्षक तलब र सेवासुविधा रहेको जनाएको छ । विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियान थालिएको भन्दै रास्वपाले गत पुस ८ गते सिइओ मागेको थियो ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News