गाेगनेमा स्वास्थ्य शिविर हुँदै



भाेजपुर, मंसिर १

न्यौपाने समाज केन्द्रिय कार्य समिति काठमाण्डौ र रणबम गण भोजपुरको आयोजनामा गोगने गाबिसमा स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ । विद्यश्वर माबि गोगनेको ७६ अाैं बार्षिक उत्सवको अवसरमा १ दिने नि:शुल्क स्वास्थ शिविर सञ्चालन हुन लागेकाे हाे ।

शिविर यही मंसीर ७ गते संञ्चालन हुने आयोजकले बताएका छन् । अनुभवी चिकित्सकहरुको टोलिद्धारा शिविर सञ्चालन हुने भएकाेले सबैलाइ शिबिरमा सहभागी भइ स्वास्थ्य परीक्षण गर्न र उपचार गर्न सर्बसाधरणसंग आयोजकले अनुराेध गरेका छन् ।

शिविरमा नि:शुल्क औषधी वितरण, स्वास्थ्य परिक्षण, स्त्री रोगको उपचार र भिडियो एक्सरे लगाएतका सेवाहरु प्रदान गरिने भएकाे छ । आफ्नै घर–गाँउमा शिबिर सञ्चालन हुने भएपछी स्थानियबासी खुुसी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News