हङकङमा एक नेपालीले गुमाए ज्यान



काठमाडौं, जेठ २ । रोजगारीको सिलसिलामा हङकङ रहेका एक नेपालीको ज्यान गएको छ । निर्माण क्षेत्रमा कार्यरत ५० वर्षीय विष्णु राईको निधन भएको हो। आज (मंगलबार) बिहान काममै रहँदा टेलीह्यान्डलर हाइभले किचेर टाउकोमा गम्भीर चोट लागेका उनलाई नजिकैको क्लिन एलिजावेथ अस्पतालमा लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

अत्याधिक रक्तश्रावका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ। हङकङ प्रहरी र श्रम विभागले घटनास्थलमा दुर्घटनाको अनुसान्धन गरिरहेका छन्।

दिवङ्गत राई सेन्ट्रल काउलुन रुट परियोजनामा फ्रान्सेली कम्पनीमार्फत फोरमेनको रुपमा तु क्वा वान सान मा ताउ स्ट्रीटमा कार्यरत थिए। ताप्लेजुङ स्थायी घर भएका राई हङकङमा लामो समयदेखि निर्माण क्षेत्रमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News