Deshko News
१३ आश्विन २०८०, शनिबार

जापानमा बस दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु



काठमाडौं, जेठ ३ । जापानमा बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन् । सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो । दुर्घटनामा दुई नेपालीसहित तीन जनाको मृत्यु भएको छ ।

मर्मतका लागि एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको बताइएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News